आरम्भ माइक्रोफाइनान्सको खुद नाफा ३ गुणाले वढ्यो


आरम्भ माइक्रोफाइनान्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा करिब ३ गुणाले वढाएको छ । सो अवधिमा संस्थाले ७६ लाख ६७ हजार रुपैयाँ खुद नाफा गरेको छ । यो नाफा गत आवको सोही अवधीको तुलनामा ५७ लाख ५ हजार रुपैयाँले अर्थात २९०.७७ प्रतिशतले धेरै हो । गत आवको तेस्रो त्रैमासमा १९ लाख ६२ हजार रुपैयाँ मात्रै खुद नाफा गरेको थियो ।

हाल चुक्ता पूँजी ६ करोड रुपैयाँ रहेको माइक्रोफाईनान्सको सञ्चित कोषमा ५१ लाख ७५ हजार रुपैयाँ छ । गत वर्षको यसै अवधिमा माइक्रोफाइनान्सको जगेडा कोष ३३ लाख ९७ हजार रुपैयाँ नकारात्कम थियो ।

चैतसम्मा १४ करोड ५८ लाख रुपैयाँ निक्षेप संकलन गरेको माइक्रोफाइनान्सले ३० करोड १८ लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थाबाट सापट गरेर ४५ करोड ७३ लाख रुपैयाँ ऋण लगानी गरेको छ ।

माईक्रोफाइनान्सले २ करोड ३६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो ब्याजद आम्दानी गत आवको तेस्रो त्रैमासको तुलनामा ४३ लाख ६१ हजार रुपैयाँले धेरै हो । ५ करोड ३९ लाख रुपैयाँ कुल व्याज आमदानी गरेको माइक्रोफाइनान्सले व्याज वापत ३ करोड २ लाख रुपैयाँ खर्च गरेको छ ।

आराम्भ माईक्रोफाइनासको प्रतिशेयर आम्दानी १२ रुपैयाँ ७७ पैसा, प्रतिशेयर नेटवर्थ १०८ रुपैयाँ ६२ र मूल्य आम्दानी अनुपात ४९.८० गुणा बढी छ । माईक्रोफाइनान्समा खराब कर्जा अनुपातमा सुधार भएको छ । गत वर्ष ३.३२ प्रतिशत रहेको यो अनुपात यस अवधिमा २.५९ प्रतिशत झरेको छ ।