फागुनमा लगानीकर्ताको आकर्षण रहेका यी हुन् शीर्ष दश कम्पनी

0
Shares

सेयर बजार सूचक नेप्से फागुन महीनामा ७.५७ अंकले मात्र बढेको छ । माघ अन्तिम दिनमा २१०१.१६ अंकमा रहेको नेप्से फागुन अन्तिम दिनमा २१०८.७३ अंकमा बन्द भएको हो ।

यस महीनाभर सेयर कारोबार रकमका आधारमा हिमालयन रि–इन्स्योरेन्सको सबैभन्दा धेरै सेयर कारोबार भएको छ । यस महीनामा कम्पनीको ४६ लाख ८० हजार कित्ता सेयर ९८ हजार १८८ ओटा सङ्ख्यामा भएको कारोबारबाट २ अर्ब ९९ करोड ६१ लाख ३५ हजार रुपैयाँमा खरिद बिक्री भएको हो ।

यस्तै दोस्रो नम्बरमा रहेको सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको २ अर्ब ६२ करोड ४३ लाख ८९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । रकमका आधारमा दोस्रो स्थानमा रहेको उक्त कम्पनी कारोबार कित्ताका आधारमा पहिलो स्थानमा रहेको छ । सोनापुरको फागुनमा ५६ हजार ३१० ओटा सङ्ख्याबाट ५४ लाख ७४ हजार कित्ता सेयर कारोबार भएको छ । यसैगरी शिवम् सिमेन्टसको ४३ लाख ६० हजार कित्ता सेयर १९ हजार ५३३ ओटा सङ्ख्याबाट २ अर्ब २३ करोड ९६ लाख ६७ हजार रुपैयाँ बराबरमा खरिद बिक्री भएको छ । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको १ अर्ब ४६ करोड १० लाख ५७ हजार रुपैयाँ बराबरको १९ हजार ७२५ ओटा सङ्ख्याबाट ४० लाख ६६ हजार कित्ता सेयर कारोबार भएको छ ।

यस्तै गोर्खाज फाइनान्स लगानीकर्ताको रोजाइमा रहेको पाँचौं कम्पनी बनेको छ । उक्त कम्पनीको फागुनमा १ अर्ब १४ करोड ५६ लाख २६ हजार रुपैयाँ बराबरको कारोबार भएको हो । यस्तै ङादी ग्रुप पावरको १ अर्ब ५ करोड ९९ लाख ८९ हजार, मोलुङ्ग हाइड्रोपावरको ९९ करोड १९ लाख १२ हजार, एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको ९९ करोड ११ लाख ७४ हजार, हिमालयन डिष्टिलरीको ९७ करोड ४४ लाख ४६ हजार रुपैयाँ र एनआईसी एशिया बैंकको ९५ करोड २३ लाख २९ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको हो ।

फागुनमा कारोबार भएको सेयर कित्ताका आधारमा ङादी ग्रुप पावर पाँचौं स्थानमा रहेको छ । उक्त कम्पनीको ३३ लाख ५१ हजार कित्ता सेयर कारोबार भएको हो । यस्तै अपि पावर कम्पनीको २७ लाख २७ हजार, हिमाल दोलखा हाइड्रोपावरको २६ लाख ७१ हजार, घलेम्दी हाइड्रोपावरको २५ लाख २४ हजार, युनियन हाइड्रोपावरको २३ लाख ५१ हजार र सगरमाथा जलविद्युत कम्पनीको २२ लाख १८ हजार कित्ता सेयर कारोबार भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।