एक कम्पनीको ७ लाख ५४ हजार कित्ता बोनस सूचीकृत

0
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सोमबार एक कम्पनीको ७ लाख ५४ हजार ६६१ दशमलव ६० कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

नेप्सेका अनुसार तारागाउँ रिजेन्सी होटलले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गरेको चुक्ता पुँजीको ४ प्रतिशत बोनस वापतको सेयर आज नेप्सेमा सूचीकृत भएको हो ।

सोमबार सूचीकृत भएको उक्त बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा भएपछि धितोपत्रको दोस्रो बजार मार्फत खरिद बिक्री गर्न सकिनेछ ।

तारागाउँ रिजेन्सीको गत पुस २४ गते सम्पन्न २७ औं वार्षिक साधारण सभाले चुक्ता पुँजीको ११ प्रतिशत नगद र ४ प्रतिशत बोनस गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

साधारण सभाका लागि कम्पनीले पुस १२ गते बुकक्लोज गरेको थियो । बुकक्लोज अनुसार पुस ११ गतेसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका लगानीकर्ताले मात्र लाभांश पाउनेछन् । नगद लाभांश भने कम्पनीले यसअघि नै वितरण गरिसकेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।