ग्लोबल मनी विकको अवसरमा आरविवि मर्चेन्ट बैंकिङको वित्तीय शिक्षा कार्यक्रम


धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्वन्धी देशव्यापीरुपमा शिक्षा तथा सचेतना अभिबृद्धि गरी लगानीकर्ता सशक्तिकरण गर्ने उद्देश्यले आरविवि मर्चेन्ट बैंकिङले नुवाकोटमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ ।

विश्व वित्तीय सप्ताह – २०२४ चैत्र ५ गते देखि ११ गते सम्म देशभरी विभिन्न कार्यक्रम आयोजना गरी मनाईएको सन्दर्भमा आरविवि मर्चेन्टले नुवाकोट आदर्श बहुमुखि क्याम्पस, बिदुर ४, बट्टारमा सचेतना कार्यक्रम गरेको हो ।

स्नातक तथा स्नातकोत्तर तहमा अध्यनरत विधार्थी तथा शिक्षक शिक्षिकाको वित्तीय शिक्षा अभिबृद्धिको लागि सचेतनामूलक कार्यक्रम आयोजना गरिएको आरविवि मर्चेन्टले जनाएको छ ।

उक्त सचेतनामूलक कार्यक्रममा नुवाकोट आदर्श बहुमुखि क्याम्पसका अध्यक्ष श्रीराम श्रेष्ठ, क्याम्पस प्रमुख नारायण मान डंगोल तथा अध्यनरत विधार्थीहरु र शिक्षक शिक्षिकाहरुको उपस्थिति रहेको थियो ।

आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रि प्रसाद प्याकुरेल, प्रबन्धक अजय घिमिरे र बरिष्ठ अधिकृत सृजना बाँस्कोटाले कार्यक्रम संचालन गरेका थिए ।

कार्यक्रमले पूँजीबजार सम्बन्धी शिक्षा तथा सचेतना अभिबृद्धि गर्नेछ र सहभागीहरुले शेयर लगानी सम्बन्धि ज्ञान हासिल गरि लाभान्वित हुने विश्वास आरविवि मर्चेन्टले लिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।