नेपाल एसबिआई बैंकको वित्तीय साक्षरता कार्यक्रममा ८ सय बढीको सहभागिता

0
Shares

नेपाल एसबिआई बैंक लिमिटेडले ‘ग्लोबल मनी विक-२०२४’ को अवसरमा कार्यक्रम आयोजना गरेको छ ।

“प्रोटेक्ट योर मनी, सेक्युर योर फ्युचर” भन्ने नाराका साथ बैंकले वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको हो ।

सातै प्रदेशमा आयोजना गरिएको उक्त कार्यक्रममा कलेज विद्यार्थीहरूलाई बचतको महत्व, ऋण र लगानी, डिजिटल बैंकिङ, डिजिटल ठगीको पहिचान, सेयर बजार र अन्य आधारभूत बैंकिङ तथा वित्तीय अवधारणाहरूलगायत वित्तीय साक्षरताका विभिन्न पक्षहरूमा शिक्षित गराउनेबारे छलफल भएको बैंकले जनाएको छ ।

न्युरोड, भक्तपुर, पाटन, बरगाछी, वीरगन्ज, जनकपुर, डडेल्धुरा, वालिङ, टेकु, हेटौंडा, पीपीओ पोखरा, दुलेगौंडा, विराटनगर, चन्द्रनिगापुर, कोहलपुर, मणिग्राम, दाङ लगायतका विभिन्न शाखामा सञ्चालित कार्यक्रममा करिब ८ सय जनाको सहभागिता रहेको बैंकले जानकारी दिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।