सेयर बजारमा गिरावट जारी, २०३० अंकमा झर्यो नेप्से

0
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा बुधबार दोहोरो अङ्कको गिरावट देखिएको छ । अघिल्लो कारोबार दिन १०.१४ अंक बढेको नेप्से पुनः ओरालो लागेको हो। आज नेप्से परिसूचक १०.८३ अङ्कले घटेर २०३० दशमलव ८६ को विन्दुमा झरेको हो ।

यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स २.१७ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.९१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७३ अंक घटेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि सामान्य घटेको छ।  आज ३१० कम्पनीको ६० लाख ४७ हजार २१ कित्ता सेयर ४४ हजार २४९ पटक खरिद बिक्री हुँदा कारोबार रकम २ अर्ब २३ करोड ५४ लाख ८५ हजार ५३४ रुपैयाँमा समेटिएको छ ।अघिल्लो कारोबार दिन मंगलबार २ अर्ब ३५ करोडको शेयर खरिदबिक्री भएको थियो । 

यसदिन उत्पादन तथा प्रशोधन समूह ०.९१ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै वित्त समूह १.७२ र व्यापार समूह १.६० प्रतिशतले घटेको छ ।

कारोबारमा सर्वोत्तम सिमेन्टको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस दिन कम्पनीको सेयर मूल्य ८९ रुपैयाँ ५० पैसा घटेर ९८४ रुपैयाँ ६० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन हिमालयन ८०–२० को इकाईमूल्य ९.९३ प्रतिशत बढेको छ। 

सबैभन्दा धेरै गुमाउनेमा भने कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य ५.६६ प्रतिशतले घटेको छ । मङ्गलबार सर्वाधिक गुमाउने अन्य कम्पनीमा सृजनशील लघुवित्त र उन्नति सहकार्य लघुवित्त रहे । ती कम्पनीको सेयरमूल्य ४ प्रतिशत कै हाराहारीमा घट्यो ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको ९ करोड ७२ लाख २२ हजार ३२० रुपैयाँ बराबरको कारोबार भएको छ । जोशी हाइड्रोपावरको ८ करोडभन्दा बढीको सेयर खरिद बिक्री भएको छ । कारोबार भएका सेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको २ लाख ३० हजार १८२ कित्ता कारोबार भयो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।