सेयर बजारमा सामान्य वृद्धि, २ अर्ब ६५ करोडको कारोबार

0
Shares

आज साताको अन्तिम बिहीबार सेयर बजार परिसूचक मापक नेप्से झिनो अंकले बढेको छ । नेप्से आज ४.७८ अंकले बढेर २०३५.६४ विन्दुमा कायम भएको हो ।

दिनभरमा आज २ अर्ब ६५ करोड ३३ लाख ४९ हजार ४६८ रुपैयाँ बराबरको कारोबार भएको छ । ३१३ कम्पनीका ६६ लाख १४ हजार ४४५ कित्ता सेयर ५३ हजार ६१९ ओट संख्यामा किनबेच भएको हो ।  आज ३१३ वटा मध्ये आज १५७ कम्पनीको सेयर मूल्य बढेको छ भने १३८ कम्पनीको घटेको छ । १८ कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो ।

कारोबारमा आएका १३ मध्ये ५ वटा समूह घटेका छन् बाँकी ८ ओटा बढको छ । उत्पादनमूलक उपसमूहगत सूचकमा सबैभन्दा बढी २.४० प्रतिशत वृद्धि भएको छ । बैंकिङ्ग, होटल तथा पर्यटन, लघुवित्त र अन्य उपसमूहको परिसूचक यस दिन घटेको छ । विकास बैंक, वित्त, जलविद्युत, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड र अन्य उपसमूहको परिसूचकयस दिन बढेको छ ।

कारोबार रकममा सर्वोत्तम सिमेन्ट्स अग्रस्थानमा रहेको छ । कम्पनीको १९ करोड ३७ लाख ६२ हजार ८६९ रुपैयाँ ७० पैसाको सेयर कारोबार भएको छ। यस्तै गोर्खाज फाइनान्स र शिवम् सिमेन्ट्स क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । यस दिन गोर्खाज फाइनान्सको १६ करोड र शिवम् सिमेन्ट्सको १५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सोनापुर मिनरल्स एण्ड आयलको ११ करोड १८ लाख रुपैयाँको कारोबार भएको छ ।

हिमालयन उर्जा विकास कम्पनी र सर्वोत्तम सिमेन्टको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। दुबै कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको हो । यस्तै हिमालयन हाइड्रोपावरको सेयरमूल्य ८.७३ प्रतिशत, सामलिङ्ग पावर कम्पनीको ८.०८ र पिपुल्स पावरको ७.४४ प्रतिशतले सेयर मूल्य बढेको छ ।

उता उन्नती सहकार्य लघुवित्त र धौलागिरी लघुवित्तको सेयर मूल्य सर्वाधिक घटेको छ। दुबै कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेको हो ।

बिहीबार कुल बजार पुँजीकरण ३२ खर्ब २७ अर्ब ७५ करोड ९७ लाख ५४ हजार रुपैयाँमा समेटिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।