चिरख्वा हाइड्रोपावरको सेयरको लकइन अवधि समाप्त हुँदै

0
Shares

चिरख्वा हाइड्रोपावर लिमिटेडको ४० हजार कित्ता सेयरको लकइन अवधि आगामी बैशाख १५ गते समाप्त हुने भएको छ ।

कम्पनीले सार्वजनिक निष्काशन (आईपीओ) मार्फत निष्काशन गरिएको साधारण सेयरमा ५ प्रतिशतले हुन आउने ४० लाख रकम बराबरको ४० हजार कित्ता सेयर म्युचुअल फन्डलाई आरक्षित गरेको थियो ।

२०८० कार्तिक १६ गते बाँडफाँड गरिएको सेयर उक्त मितिले २०८१ बैशाख १५ गते ६महीना अवधि समाप्त हुने भएको हो । नेपाल धितोपत्र बोर्डको २०८० मंसिर २५ गतेको पत्रबाट निर्देशन भएबमोजिम लकइन अवधि समाप्त हुनुभन्दा एक महीना अगावै सार्वजनिक सूचना जारी गर्नुपर्ने भएकाले हाइड्रोपावरले २०८० चैत १४ गते सूचना प्रकाशन गरेको हो ।

कम्पनी सचिव धान्यप्रसाद तिम्सिनाका अनुसार बैशाख १६ गतेपश्चात सामूहिक लगानी कोषहरूको लागि छुट्याइएको साधारण सेयरको लक इन अवधि समाप्त हुने भएकाले सर्वसाधारण सरह खरिद बिक्रीमा आउनेछ ।

सामूहिक लगानी कोष नियमावली, २०६७ को नियम ४६ बमोजिम सर्वसाधारणलाई छुट्टाईएको सेयर मध्येको ५ प्रतिशत सेयर म्युचुअल फन्डलाई छुट्टाउनुपर्ने हुन्छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।