मल्टीपर्पस फाइनान्स क्रसबोर्ड र व्यवसायिक सम्झौता गर्नेमा पहिलो

0
Shares

मल्टीपर्पस फाइनान्स र फोनपे नेटवर्कबीच क्रसबोर्डर व्यवसायिक सेवामा सम्झौता भएको छ । चैत्र १५ गते फाइनान्स र नेटवर्कबीच क्रसबोर्डर सेवा सम्झौता भएको हो ।

फाइनान्स कम्पनीहरुमा आफ्ना सेवा ग्राहीहरुलाई यस्तो सेवा प्रदान गर्ने मल्टीपर्पस फाइनान्स पहिलो बनेको छ । सम्झौतामा फाइनान्सको तर्पmबाट नायब महाप्रवन्धक प्रदीप कुमार सिंह र फोन पे नेटवर्कको तर्फबाट प्रदेश प्रमुख पशुपति मिश्रले क्रसबोर्डर व्यवसायिक भुक्तानीको सम्झौता गरी सेवाको सुरुवात गरिएको छ ।

यस सेवा अन्तर्गत पहिलो चरणमा वित्तीय संस्था मार्फत क्यूआर भुक्तानी सेवा लिएका सेवाग्राहीहरुले व्यवसायहरुमा कारोबार गर्न सक्नेछन् । वित्तीय संस्थाका नायव महाप्रवन्धक प्रदीप कुमार सिंहले हाललाई भारतीय यूपीआई अन्तर्गतका बीएचआईएम तथा फोन पे एप मार्फत यो सेवा नेपालस्थित मल्टीपर्पस फाइनान्स लिमिटेडका फोन पे क्यूआरमा प्रयोग गर्न सकिने बताए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।