साना किसान लघुवित्तको ३० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

0
Shares

साना किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको ३० हजार कित्ता संस्थापक सेयरको बिक्री खुला गरिएको छ ।

साना किसान कृषि सहकारीले आफ्नो स्वामित्वमा रहेको साना किसान लघुवित्तको ३० हजार कित्ता संस्थापक सेयर सोमबार एक सूचना प्रकाशन गरेर बिक्री खुला गरिएको जानकारी दिएको हो ।

उक्त सेयर खरिदका लागि साना किसान सहकारी संस्था तथा अन्य विद्यमान संस्थापकहरूले आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य ३३० रुपैयाँ तोकिएको छ । कम्पनीका अनुसार बोलकबोल पेस गर्दा न्यूनतम १ हजार कित्ता र अधिकतममा ४ हजार कित्ताका लागि खरिद आवेदन पेस गर्न सकिने छ ।

आगामी वैशाख २३ गतेसम्म बोलपत्र पेस गर्न सकिने छ ।

लगानीकर्ताले एनआईशी एशिया क्यापिटलको कार्यालय र साना किसान विकास लघुवित्तको शाखा कार्यालयहरू झापा, इटहरी, बर्दिवास, हेटौंडा, गजुरी, पोखरा, बुटवल, नेपालगञ्ज, वीरेन्द्रनगर, बबरमहल, लहान र अत्तरिया शाखा कार्यालयमा बोलपत्र आवेदन पेस गर्नुपर्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।