तीन ऋणपत्रको ब्याज भुक्तानी

0
Shares

नेप्सेमा सूचीकृत तीन ओटा ऋणपत्रको ब्याज भुक्तानी गरिएको छ । आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड सेयर रजिष्ट्रार रहेको ती ऋणपत्रको २०८० पुस मसान्तसम्मको ब्याज भुक्तानी गरिएको हो ।

‘८.५% आरबिबिएल डिबेञ्चर २०८३’ को आर्थिक वर्ष २०७७–७८ देखि आव २०८०–८१ पौष मसान्तसम्म, ‘८.७५% प्राइम डिबेञ्चर २०८३’ को आर्थिक वर्ष २०७७–७८ देखि आ।व। २०८०–८१ पौष मसान्तसम्म र ‘१०% प्राइम डिबेञ्चर २०८५’ को आर्थिक वर्ष २०७८–७९ देखि आव २०८०–८१ पौष मसान्तसम्म ब्याज भुक्तानी गर्नुपर्ने रकम पौष मसान्तसम्म कायम सम्पूर्ण लगानीकर्ताहरुको बैंक खातामा पठाइएको हो ।

विविध कारणले आफ्नो ब्याज रकम हालसम्म पनि आफ्नो खातामा प्राप्त नगरेका लगानीकर्ताहरुले आफ्नो हितग्राही खाता (डिम्याट) मा बैंक खाता र अद्यावधिक गराई सेयर रजिष्ट्रार आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेड, टेकु काठमाडौंमा सम्पर्क गरी आफ्नो ऋणपत्रको ब्याज रकम बापतको रकम प्राप्त गर्न सक्नेछन् । त्यसैगरी इ–टिडिएस प्रयोजनको लागि सम्पूर्ण लगानीकर्ताहरुलाई आफ्नो हितग्राहीलाई खातामा स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गराउन अनुरोध गरेको छ ।

साथै आफ्नो ऋणपत्र धितो राखेका ऋणपत्रधनीहरुको हकमा ब्याज रकम प्राप्त गर्नका लागि सम्बन्धित बैंक तथा वितीय संस्थाको स्वीकृति पत्र अनिवार्य रुपमा पेश गर्नुपर्ने जनाइएको छ । उक्त स्वीकृति पत्र सम्बन्धित बैंक तथा वितीय सस्था मार्फत इमेल ठेगानामा पठाउन सकिने जनाइएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।