नेप्से २ हजार बिन्दुमा झर्यो नेप्से

0
Shares

सेयर बजारका लगानीकर्ताको मनोबल कमजोर बन्दा सस्तोमा नै सेयर बिक्री गर्ने क्रमले नेप्से वियरिस ट्रेन्ड उन्मुख बनेको छ । वृद्धिभन्दा गिरावटको आकार ज्यादा हुँदा बुधबार सेयर बजार मापक सूचक नेप्से २ हजारमा झरेर बन्द भएको हो ।

बुधबार ३.४३ अंकले ओरालो लाग्दै नेप्से २००६.७८ बिन्दुमा बन्द भएको छ। यसदिन ३२२ कम्पनीका ६४ लाख ८१ हजार ८३४ कित्ता सेयर २ अर्ब ५३ करोड ६२ लाख ३३ हजार ९८६ ?पैयाँमा खरिद बिक्री भएको छ । मंगलबार ३१२ कम्पनीका ६१ लाख ३१ हजार कित्ता सेयर २ अर्ब २९ करोड १६ लाख रुपैयाँमा खरिद बिक्री भएका थिए । नेप्से घटेपनि अघिल्लो दिनको तुलनामा दैनिक कारोबार रकम भने २४ करोड ४६ लाख रुपैयाँले बढेको हो ।

कारोबार रकमका आधारमा सूर्यज्योति लाइफ शीर्ष स्थानमा छ । गत आवको मुनाफाबाट ३५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको उक्त कम्पनीको आज ५१७ रूपैयाँमा २५ करोड ८० लाख ५९ हजार ?पैयाँ बराबरको ४ लाख ९४ हजार ७४५ कित्ता सेयर कारोबार भएको छ।

यस्तै सर्वोत्तम सिमेन्टको ८९५ रूपैयाँमा १२ करोड ६७ लाख रूपैयाँ बराबरको कारोबार हुँदा गोर्खाज फाइनान्सको ८६९ रूपैयाँमा ११ करोड ७७ लाखको सेयर किनबेच भयो । यस्तै शिवम् सिमेन्टको ५१७ का दरले ९ करोड ३ लाख तथा सोनापुर मिनरल्सको ४९२ रूपैयाँका दरमा ५ करोड ९२ लाखको धितोपत्र कारोबारमा आएको छ ।

बुधबार लघुवित्तमा लगानीकर्ताको आकर्षण् कायमै रहँदा उपसमुहगत सूचक सर्वाधिक १.६५ प्रतिशतले बढेर ३९७४.९० बिन्दुमा पुगेको छ । सेयर मूल्य बढ्ने दश कम्पनीभित्र ९ ओटा कम्पनी यसै समुहका रहेका छन् । यस्तै जीवन बीमा समूह ०.५०, म्युचुअल फन्ड ०.३८ प्रतिशतले बढेका छन्। उत्पादन तथा प्रशोधनमुलक सर्वाधिक १.७४ प्रतिशतले घटेको बजारमा ब्यापार ०.७४, विकास बैंक र फाइनान्स समान ०.६३ प्रतिशतले घटेको छ । बाँकीको इन्डेक्स पनि समान्य घटेको छ । बैंकिङ ०.३५, विकास बैंक ०.६३, वित्त ०.६३, जलविद्युत् ०.३९, अन्य ०.२७, होटल तथा पर्यटन ०.१८, लगानी ०.१८, निर्जीवन बीमा ०.०२ प्रतिशतले घटेका हुन् ।

आज १५६ कम्पनीको सेयर मूल्यमा गिरावट आउँदा १४६ कम्पनीको मात्र मूल्य बढेको छ । १९ कम्पनीको भाउ स्थीर रह्यो । बुधबारको बजारमा गुराँस लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लाग्दै १७९६.८० रुपैयाँ पुगेको छ । यस्तै वीन लघुवित्तको ९.९७ प्रतिशतले बढेर १४०१ रुपैयाँ, मानुषी लघुवित्तको ९.९१ प्रतिशतले बढेर ९९८, गणपति लघुवित्तको सेयर मूल्य पनि ८.३९ प्रतिशतले बढेर ११६१.९०, श्रृजनशील लघुवित्तको ७.६९ प्रतिशतले बढेर १०५० रुपैयाँ पुगेको छ ।

यसैगरी सपोर्ट लघुवित्तको सेयर ६.८८ प्रतिशतले बढेर १३२०, सूर्यज्योति लाइफको सेयर ६.७४ प्रतिशतले बढेर ५१८, साधना लघुवित्त ५.८९ प्रतिशतले बढेर ७३१.९०, मनकामना स्मार्ट लघुवित्तको सेयर ५.८७ प्रतिशतले बढेर ८६२.८० रुपैयाँ र विजय लघुवित्तको ५.८५ प्रतिशतले बढेर ७४२ रुपैयाँ पुगेको छ ।

आजको बजारमा रिभर फल्स पावरको मूल्य सर्वाधिक ४.४० प्रतिशतले घटेर ३९१ मा झरेको छ । यसैगरी मन्दाकिनी हाइड्रोपावरको ४.०८ प्रतिशत, बोटलर्स नेपाल तराइको ३.७६ प्रतिशत,कर्पोरेट डेभलपमेन्ट बैंकको ३.५९ र भुगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयर मूल्य ३.४७ प्रतिशतले घटेको छ ।

बुधबार कुल बजार पुँजीकरण ५ अर्ब ४४ करोड ५ लाख रुपैयाँले घटेर ३१ खर्ब ८२ अर्ब ४६ लाख रुपैयाँ रहेको थियो । मंगलबार कुल बजार पुँजीकरण ३१ खर्ब ८७ अर्ब ४४ करोड ५१ लाख ३२ हजार रुपैयाँ थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।