नेप्सेमा १ करोड ११ लाख कित्ता बोनस सूचीकृत, कुन कम्पनीको कति ?

0
Shares

नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा चैत २१ गते बुधबार दुई कम्पनीको कुल १ करोड ११ लाख ४७ हजार ५५५ दशमलव ९४१ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

स्टक एक्सचेञ्जका अनुसार रियालबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र साना किसान विकास लघुवित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७९–८० को मुनाफाबाट सेयरधनीलाई वितरण गरेको बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो ।

रियालबल नेपाल लाइफको चुक्ता पुँजीको १६ प्रतिशतले हुन आउने ६४ लाख कित्ता बोनस र साना किसान लघुवित्तको चुक्ता पुँजीको १४.२५ प्रतिशतले हुन आउने ४७ लाख ४७ हजार ५५५ दशमलव ९४१ कित्ता बोनस सूचीकरण भएको हो ।

बुधबार सूचीकृत बोनस सेयर सम्बन्धित सेयरधनीको खातामा जम्मा भएपछि धितोपत्रको दोस्रो बजार मार्फत किनबेच गर्न सकिने छ ।

रियालबल नेपाल लाइफको २०८० माघ २९ गते सोमबार सम्पन्न सातौं वार्षिक साधारण सभाबाट चुक्ता पुँजी ४ अर्ब रुपैयाँको १६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.८४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन भएको थियो । साधारण सभाका लागि कम्पनीले माघ १५ गते बुकक्लोज गरेकाले माघ १४ गतेसम्म नेप्सेमा सेयर कारोबार भई सेयरधनी कायम रहेका लगानीकर्ताले मात्र रिलायबलको बोनस सेयर पाउनेछन् ।

यस्तै साना किसान लघुवित्तको २०८० पुस २९ गते मंगलबार सम्पन्न २२ औं वार्षिक साधारण सभाबाट चुक्ता पुँजी ३ अर्ब ३३ करोड १६ लाख १८ हजार २०५ रुपैयाँको १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन भएको थियो । साधारण सभाका लागि कम्पनीले पुस १६ गते बुकक्लोज गरेकाले पुस १५ गतेसम्म नेप्सेमा सेयर कारोबार भई सेयरधनी कायम रहेका लगानीकर्ताले मात्र लघुवित्तको बोनस सेयर पाउनेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।