हिमालयन क्यापिटलले खुलामुखी म्युचुअल फन्ड ल्याउने, बोर्डसँग माग्यो बिक्री अनुमति

0
Shares

हिमालयन क्यापिटलले अब खुलामुखी सामुहिक लगानी कोषको योजना पनि सञ्चालन गर्ने भएको छ ।  हाल हिमालयन ८०–२० नामको बन्दमुखी म्युचुअल फन्ड सञ्चालन गरिरहेको क्यापिटलले खुलामुखी फन्ड समेत सञ्चालन गर्ने भएको हो ।

खुलामुखी सामुहिक लगानी कोष योजना सञ्चालन गर्न क्यापिटलले चैत्र १९ गते पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । क्यापिटलले हिमालयन म्युचुअल फण्ड अन्तर्गत रहने गरि एक अर्बको आकारमा ‘हिमालान दिर्घकालिन बचत योजना’ नामक खुलामुखी फन्ड सञ्चालन गर्ने भएको हो ।

सुरुवातमा एक अर्बको आकारमा सञ्चालनमा आउन लागेको फन्डको योजना व्यवस्थापक हिमालयन क्यापिटलले प्रति इकाई १० रुपैयाँका दरलेले फन्डको १० करोड इकाई निष्काशन गर्ने छ ।

बोर्डबाट अनुमति पाएपछि क्यापिटलले उक्त खुलामुखी योजनाको इकाई निष्काशन गर्ने छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।