रिभर फल्स पावरले हकप्रद शेयर निष्काशन गर्दै, प्रस्ताव पारित गर्न डाक्यो साधारण सभा


रिभर फल्स पावर लिमिटेडले हाल कायम चुक्ता पूँजीको १ः१ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने भएको छ । उक्त हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गर्न कम्पनीले बैशाख २० गते बिहिबार बिहान ११ बजे सभा बोलाएको हो ।

सभाले हकप्रद शेयर प्रयोजनको लागि अधिकृत जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने प्रस्ताव पनि पारित गर्ने छ ।

यस्तै सभाले संचालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आर्थिक वर्ष. २०७८\ ०७९ र २०७९ \०८० को वार्षिक प्रतिवेदन, लेखापरिक्षण प्रतिवेदन, उपर छलफल गरि पारित गर्ने छ ।

यसैगरी, सभाले आर्थिक वर्ष २०७९\०८० का लागि लेखापरिक्षको नियुक्तिको अनुमोदन २०८० ÷ ०८१ को लागि लेखा परिक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने छ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले बैशाख १० गते बुक क्लोज गर्ने भएको छ । जसअनुसार, बैशाख ९ गतेसम्म नेपाल स्टक एक्स्चेन्ज लिमिटेडमा कायम सेयरधनीमात्र सभामा भाग लिन पाउने छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २९ चैत २०८०, बिहीबार  ०९ : ३२ बजे