आइतबार अमेरिकी डलरदेखि साउदी अरबियन रियलसम्मको सटहि दर कति ?


आइतबार अमेरिकी डलरको भाउको खरिद दर १३३ रुपैयाँ १७ पैसा र बिक्री दर १३३ रुपैयाँ ७७ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आइतबार युरोको खरिद दर १४१ रुपैयाँ ९२ पैसा र बिक्री दर १४२ रुपैयाँ ५६ पैसा रहेको छ ।

यसैगरी, आइतबार बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ १२ पैसा र बिक्री दर १६६ रुपैयाँ ८७ पैसामा कारोबार भइरहेको छ । आज कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५१ पैसा र बिक्री दर ३६ रुपैयाँ ६७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै, आज अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ४८ पैसा र बिक्री दर ८६ रुपैयाँ ८७ पैसा रहेको छ । आइतबार मलेसियन रिंगिट एकको खरिद दर २७ रुपैयाँ ९२ पैसा र बिक्री दर २८ रुपैयाँ ०४ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ५० पैसा र बिक्री दर ३५ रुपैयाँ ६६ पैसा रहेको छ । आइतबार साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ६५ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ६९ पैसा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २ वैशाख २०८१, आइतबार  ०७ : १३ बजे