सांग्रिला डेभलपमेन्ट बैंक र बंजी नेपाल एडभेन्चर बिच विशेष छुट सम्झौता

0
Shares

सांग्रिला डेभलपमेन्ट बैंक र रातोपैरो–१७, पोखरामा स्थित बंजी नेपाल एडभेन्चर प्रा. लि बिच बैंकका ग्राहकलाई बंजी गर्दा सुविधा प्रदान गर्ने उद्देश्यले सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतामा बैंकको तर्फबाट पोखरा क्लस्टर प्रमुख रेवन्त श्रेष्ठ र बंजी नेपाल ऐडभेन्चर प्रा. लि. को तर्फबाट अध्यक्ष सन्तोष भट्टराईले हस्ताक्षर गरेका हुन ।

सम्झौता अनुसार सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका ग्राहकले भिषा डेबिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गरी बंजी नेपाल एडभेन्चरमा गई एकल बंजी गर्दा रु १००० र जोडी बंजी गर्दा रु १५०० सम्म सेवामा कर्पोरेट डिस्काउन्ट प्राप्त गर्न सक्नेछन् ।

यस सम्झौताले बैंकमा कार्यरत कर्मचारीहरु तथा ग्राहक महानुभावहरुलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।