सानिमा जिआईसी इन्स्योरेन्सको साढे ३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा


कुमारी बैंकले सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको साढे ३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले आफ्नो स्वामित्वमा रहेको सानिमा जिआईसी इन्स्योरेन्सको ३ लाख ६४ हजार २८६ कित्ता शेयर बिक्रीमा ल्याएको हो । शेयरको प्रति कित्ता न्यूनतम मूल्य १८६ रुपैयाँ तोकिएको छ ।

सेयरमा आवेदन दिन इच्छुकले बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड, नागपोखरी नक्साल, काठमाडौंमा आईपुग्ने गरी आवेदन दिन सक्ने छन् ।

उक्त सेयरमा संस्थापक सेयरधनीहरुले मात्र आवेदन दिन सक्ने छन् । संस्थापकहरुबाट प्रस्ताव प्राप्त नभएमा प्रचलित कानुन बमोजिम संस्थापक बाहेक अन्य व्यक्ति÷संस्थाहरुलाई बिक्री गरिने कम्पनीले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।