सानिमामाई हाइड्रोको सीईओमा ओझा पुनः नियुक्त

0
Shares

सानिमा माई हाइड्रोपावर लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा गृष्म ओझा पुनः नियुक्त भएका छन् । उनी आगामी जेठ १५ गतेदेखि लागू हुने गरी थप चार वर्षका लागि कम्पनीको कार्यकारी नियुक्त भएका हुन् ।

बैशाख ११ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी चार वर्षे कार्यकालका लागि पुनः नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि ओझा २०७७ साल जेठ ११ गतेको कम्पनी सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार चार वर्षे कार्यकालका लागि नियुक्त भएका थिए ।

जेठ १५ गतेदेखि लागू हुने गरी ओझालाई पुनः कम्पनीको सीईओमा नियुक्त गरिएको जानकारी कम्पनीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मार्फत दिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।