अर्थमन्त्रीको आश्वासनले नेप्सेमा दोहोरो अंकको वृद्धि

0
Shares

अर्थमन्त्री वर्षमान पुनले लगानी सम्मेलन लगत्तै सेयर लगानीकर्ताको समस्यामाथि छलफल तथा वार्ता गर्ने आश्वावसन दिएपछि त्यसको सकारात्मक प्रभाव सेयर बजारमा परेको छ। यससँगै लगानी सम्मेलनलाई स्वागत गर्दै आइतबार सेयर कारोबार मापक नेप्से दोहोरो अंकले बढेको हो ।

सेयर लगानीकर्ताले आइतबार साल्ट ट्रेडिङ्गमा भद्र शैलीमा विरोध गरेका थिए । सो विरोधछि अर्थमन्त्रीले सेयर लगानीकर्ताको जायज मागहरुलाई वैदेशिक लगानी सम्मेलन लगत्तै वार्तामा बसी पुँजी बजारका समस्या समाधान गर्ने प्रतिबद्धता जनाएपछि आन्दोलनका कार्यक्रम स्थगित गररिएको हो ।

पुँजी बजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकका अनुसार अर्थ मन्त्रालयबाट लगानीकर्ताको जायज मागहरुलाई वैदेशिक लगानी सम्मेलन लगत्तै वार्तामा बसी पुँजी बजारका समस्या समाधान गर्ने प्रतिबद्धता आएको र देशमा हुन गइरहेका वैदेशिक लगानी सम्मेलनलाई सफल बनाउने हाम्रो पनि दायित्व भएको हुनाले हालको लागि घोषित सम्पूर्ण कार्यक्रम केहि दिनका स्थगित गरिएको पाठकले बताए । लगानी सम्मेलन लगत्तै वार्तामा बसी समस्या समाधान गर्ने तर्फ अर्थमन्त्रालय अग्रसर हुँदैन भने फेरि पनि आन्दोलन जारी रहने उनले बताए ।

आइतबार नेप्से १४.३३ अंकले बढेर १९८०.२७ बिन्दुमा पुगेको छ । ठूला कम्पनीको सूचक मापक सेन्सेटिभ इन्डेक्स ०.७५, फ्लोट इन्डेक्स ०.७७ र ०.८० सेन्सेटिभ फ्लोट ०.९० अंकले बढेको छ ।  आज दिभरमा २ अर्ब ६८ करोड २५ लाख ८६ हजार ९५५ रुपैयाँ बराबरको सेयर कारोबार भयो । ३०८ कम्पनीका ६८ लाख ७८ हजार १५९ कित्ता सेयर ४८ हजार १८३ पकट खरिद बिक्री भएको छ ।

पोखरा फाइनान्सको सेयर सर्वाधिक कारोबार भएको छ । प्रतिकित्ता ६६५ दरले कम्पनीको १३ करोड ५ लाख ९२ हजार रुपैयाँमा घटेको छ । यस्तै मल्टिपर्पस फाइनान्सको प्रतिकित्ता ४४६.३० दरले १० करोड ९९ लाख पिपुल्स पावरको प्रतिकित्ता ६७० का दरले ९ करोड ८५ लाख, गोर्खाज फाइनान्सको प्रतिकित्ता ७६०.२० दरले ८ करोड ५८ लाख रुपैयाँ र नेपाल फाइनान्सको ६ करोड ३७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

आजको बजारबाट फाइनान्स, विकास बैंक, लघुवित्त र निर्जीवन बीमाको लगानीकर्ताले कमाएका छन् । यसदिन फाइनान्स सर्वाधिक ३.९८ प्रतिशतले बढेको छ भने विकास बैंक २.२३, लघुवित्तको १.४० र निर्जीवन बीमाको सूचक १.०६ प्रतिशतले बढेको छ। ब्यापार ०.३४ प्रतिशतले घटेको छ ।

यसदिन पोखरा फाइनान्सको लगानीकर्ताले सर्वाधिक ९.०२ प्रतिशतले बढेको छ । यस्तै प्रोगेशिभ फाइनान्स ७.६२, श्रीइन्भेष्टमेन्ट एण्ड फाइनान्स ६.८०, बेष्ट फाइनान्स ६.७८ र किसान लघुवित्तको ५.९३ प्रतिशतले मूल्य बढेको हो ।उच्च सेयर मूल्य बढ्जे दश कम्पनीमा आठ ओटा फाइनान्स मात्र छ ।

उता रिभर फल्स पावरको सर्वाधिक ४.६३ प्रतिशतले घटेको छ भने एनआईसी एशिया ग्रोथ फन्ड–२ को ४.१७ प्रतिशत, गरिमा डिबेञ्चर २०८५ को ३.६३ प्रसतिशत, छ्याङ्दी हाइड्रोपावरको ३.६१ र एनआईसी एशिया सेलेक्ट फन्ड ३० को इकाई मूल्य ३.२२ प्रतिशतले घटेको छ ।
आइतबारको कारोबारपछि बजार पुँजीकरण ३१ खर्ब ३९ अर्ब ९६ करोड ३० लाख १४ हजार रुपैयाँमा समेटिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।