नेशनल लघुवित्त वित्तीय संस्था एनसीएचएलमा आबद्ध

0
Shares

नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीमा आबद्ध भएको छ । लघुवित्तले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई हरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गरेको हो ।

उक्त व्यवस्था कार्यान्वयनका लागि लघुवित्तका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राम बहादुर यादव र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् । एक औपचारिक कार्यक्रममा दुई संस्था बीच सम्झौता भएको हो ।

सम्झौता पश्चात नेशनल लघुवित्तको आन्तरिक प्रणालीलाई एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेस (एनपीआई) सँग जोडी विभिन्न भुक्तानी उपकरणहरु प्रयोग गर्न सक्नेछन् ।

जस अन्तर्गत नेशनल लघुवित्तल एनसीएचएल–आईपीएस।आरपीएस प्रणालीहरु मार्फत आफ्ना बचत निक्षेप, कर्जाको किस्ता भुक्तानी लगायतका विभिन्न संकलनका करोबारहरु तथा तलब, भेण्डर भुक्तानी, कर्जा निकासा, सरकारी राजस्व, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोषका भुक्तानी लगायतका विभिन्न प्रकारका भुक्तानी सम्बन्धी कारोबारहरु आफ्ना तथा लाभग्राहीहरुका बैंक खातामा सोझै गर्न सक्नेछ ।

एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसको रुपमा विकास गरिएको ल्एक्ष् मा हाल ५३ सदस्य बैंक वित्तीय संस्थाहरु आबद्ध छन् भने अन्य पिएसपी÷ पिएसओ, रेमिटेन्स कम्पनीहरु, लघुवित्त, मर्चेन्ट बैंक, सरकारी तथा अर्ध–सरकारी संस्थाहरु लगायतका १०० भन्दा बढि गैर—बैंकिङ्ग संस्थाहरु इन्डाइरेक्ट÷प्राविधिक सदस्यका रुपमा आबद्ध छन् ।

सन् २०१४ जुन ११ मा सञ्चालन सुरु गरेको नेशनल लघुवित्तले आफ्नो ९० भन्दा बढि शाखाहरु मार्फत लघुवित्तका ग्राहकहरुलाईचत तथा ऋण प्रदान गर्ने, माइक्रो बिमा तथा रेमिट्यान्स लगायतका सेवाहरु प्रदान गर्दै आइरहेको छ । नेपाल क्लियरिङ्ग हाउससँगको यस सहकार्यले लघुवित्तको डिजिटल यात्रामा विशेष सहयोग हुने अपेक्षा गरिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।