अमेरिकी डलरको भाउ स्थिर, कतिमा हुँदैछ कारोबार ?


सोमबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ । सोमबार अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ०५ पैसा र बिक्री दर १३३ रुपैयाँ ६५ पैसामा कारोबार भइरहेको छ । अमेरिकी डलरको भाउ आइतबार पनि सोही भाउमा कारोबार भएको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार सोमबार युरोको खरिद दर १४२ रुपैयाँ २८ पैसा र बिक्री दर १४२ रुपैयाँ ९३ पैसा रहेको छ । यसैगरी, सोमबार बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ १९ पैसा र बिक्री दर १६६ रुपैयाँ ९४ पैसामा कारोबार भइरहेको छ ।

आज कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४९ पैसा र बिक्री दर ३६ रुपैयाँ ६६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । यस्तै, आज अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ९३ पैसा र बिक्री दर ८७ रुपैयाँ ३२ पैसा रहेको छ ।

सोमबार मलेसियन रिंगिट एकको खरिद दर २७ रुपैयाँ ९१ पैसा र बिक्री दर २८ रुपैयाँ ०३ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ४८ पैसा र बिक्री दर ३५ रुपैयाँ ६४ पैसा रहेको छ । सोमबार साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ६६ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ७० पैसा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।