नेपाल इन्स्योरेन्सले हकप्रद सेयर निष्काशन गर्ने


नेपाल इन्स्योरेन्स लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । इन्स्योरेन्सले उक्त प्रस्ताव पारित गर्न विशेष साधारण सभा डाकेको आह्वान गरेको छ।

इन्स्योरेन्सले जेठ ४ गते, शुक्रबार, नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौँमा बिहान ११ बजे विशेष साधारण सभा डाकेको हो।

सभाले हाल कायम चुक्ता पूँजी १ अर्ब ६४ करोड ४२ लाख ४१ हजार ९४० रुपैयाँको ४० प्रतिशत अर्थात हाल कायम १० कित्ता शेयर बराबर नयाँ ४ कित्ता शेयर अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

त्यसैगरी, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीबाट भएको खर्च अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

विशेष साधारण सभा प्रयोजनको लागि इन्स्योरेन्सले बैशाख २७ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार बैशाख २६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनी मात्र सभामा भाग लिन सक्नेछन्।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।