आशा लघुवित्तको नाफा २३१ प्रतिशतले बढ्यो, जगेडा कोषमा आकर्षक सुधार

0
Shares

आशा लघुवित्त (ALBSL)ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा आफ्नो खुद नाफा गत आवको यसै अवधिको तुलनामा २३१ प्रतिशतले बढेको छ । लघुवित्तको अन्य सूचकमा पनि उल्लेखनीय सुधार गरेको छ।

पुस मसान्तसम्ममा आशा लघुवित्तले २ करोड ७० लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको हो। गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्म लघुवित्तले ८१ लाख ६४ हजार रुपैयाँ मात्र नाफा आर्जन गरेको थियो।

कम्पनीले चुक्ता पुँजी पनि १४ करोड रुपैयाँबाट बढाएर २३ करोड २२ लाख ८८ हजार रुपैयाँ पुर्याएको छ। कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी २३ रुपैयाँ ३२ पैसा रहेको छ ।

कम्पनीले समीक्षा अवधिमा जगेडा कोष ६ करोड २९ लाख रुपैयाँ छ। अघिल्लो आवको यसै अवधिमा ७९ लाख ३५ हजार रुपैयाँ मात्रै रहेको थियो।

गत आर्थिक वर्षको ६ महिनाको अवधिमा लघुवित्तले ६५ करोड ९५ लाख रुपैयाँ निक्षेप संकलन तथा १ अर्ब ३३ करोड ५९ लाख सापटीबाट २ अर्ब १९ करोड ५७ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। यसबाट लघुवित्तले ८ करोड २६ लाख ५६ हजार रुपैयाँ खुद ब्याज आम्दानी र १ करोड ३१ लाख रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ ।

कम्पनीको खराब कर्जा अनुपात भने बढेको छ । अघिल्लो आवको दोस्रो त्रैमासमा २.३८ प्रतिशत रहेको खराब कर्जा बढेर ३.९४ प्रतिशत पुगेको छ। उच्च बढेको खराब कर्जाका लागि ४ करोड ३७ लाख ९३ हजार रुपैयाँ ब्यवस्थापन गर्दा नाफा ह्वात्तै घटेको छ।  लघुवित्तको वार्षिक प्रतिशेयर नेटवर्थ १२७ रुपैयाँ १२ पैसा र मुल्य आम्दानी अनुपात २५.५६ गुणा छ।