साझा बसमा बीमा सन्देशको स्टिकर


नेपाल बीमा प्राधिकरणले साझा यातायातका बसहरूमा बीमा सन्देश उल्लेख भएका स्टिकहरू टाँस्न शुरू गरेको छ । प्राधिकरणलेसाझा यातायातसँगको सहकार्यमा बीमा सम्बन्धी सन्देशहरूलाई सार्वजनिक रूपमा व्यापक रूपले प्रचार गर्ने उद्देश्यले स्टिकहरू टाँस्न सुरु गरेको हो ।

त्यस क्रममा, ललिपुरको पुल्चोकस्थित साझा यातायातको कार्यालयमा काठमाण्डौं उपत्यकाका विभिन्न रूटमा संचालित साझा यातायातका बसहरूमा बीमा सम्बन्धी सन्देशहरू रहेका स्टिकरहरू टाँसिएका छन् ।

बीमा सम्बन्धी जनचेतना अभिवृद्धिका कार्यक्रमलाई प्रभावकारी रूपले अगाडि बढाउँदै जाने क्रममा साझा यातायातका बसहरूमा बीमा सन्देशहरू उल्लेखित स्टिकरहरू टाँस्ने कार्य शुरू गरिएको नेपाल बीमा प्राधिकरणका उपनिर्देशक कुन्दन सापकोटाले जानकारी दिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।