माण्डु हाइड्रोपावरको नाफा १२% बढ्यो, ९ महीनामा २२ करोड बढी आर्जन

0
Shares

माण्डु हाइड्रोपावरले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २२ करोड १५ लाख ६५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको यसै अवधिमा १९ करोड ७२ लाख ६९ हजार रुपैयाँ खुद नाफा कमाएकोमा समीक्षा अवधिमा १२.३२ प्रतिशतले बढेको हो ।

चुक्ता पुँजी १ अर्ब ३६ करोड ३६ लाख ३७हजार रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी २१ रुपैयाँ ६६ पैसा र प्रतिसेयर नेटवर्थ १४३ रुपैयाँ ५३ पैसा कायम भएको छ । कम्पनीको जगेडा कोषमा ५९ करोड ३५ लाख ८६ हजार रुपैयाँ सञ्चित छ ।

विद्युत बिक्रीबाट हुने अम्दानी, कुल अम्दानी र सञ्चालन नाफा लगयातका सूचक घटेको भएपनि वित्तीय खर्च घटेको कारण यस कम्पनीको खुद नाफा बढेको हो । अघिल्लो आवमा २२ करोड ५० लाख १८ हजार रहेको वित्तीय खर्च २३.८४ प्रतिशतले घटेर चालु आवमा १७ करोड १३ लाख ७९ हजार रुपैयाँमा सीमित भएको छ ।

विद्युत् बिक्रीबाट हुने आम्दानी २.७६ प्रतिशतले घटेर ५८ करोड २० लाख ६ हजार रुपैयाँमा सीमित भएको छ । सञ्चालन आम्दानी ४.४१ प्रतिशतले घटेर ५० करोड ४० लाख ३९ हजार रुपैयाँमा झरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।