घलेम्दी हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्ष २०७८।७९ को तेस्रो त्रैमाससम्ममा २ करोड १८ लाख ९७ हजार रुपैयाँ नोक्सानीमा पुगेको छ । यो घाटा अघिल्लो आवको सोहि अवधिको तुलनामा ४१.०८ प्रतिशतले धेरै हो ।
अघिल्लो आवको यसै अवधिमा कम्पनीले १ करोड ५५ लाख २१ हजार रुपैयाँ नोक्सानीमा थियो । समीक्षा अवधिमा कम्पनीको नोक्सानी ६३ लाख ७६ हजारले बढेको हो । कम्पनीको विद्युत बिक्री आय घट्नुका साथै अन्य आम्दानीमा खडेरी लागेसँगै कम्पनीको नोक्सानी चुलिएको हो ।
तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको बिक्रीबाट हुने आम्दानी पनि १८.१९ प्रतिशतले घटेको छ । चैतसम्म कम्पनीले विद्युत बिक्री मार्फत १ करोड ८३ लाख ७७ हजार रुपैयाँ कमाएको छ । गत आवको सोही अवधिमा २ करोड २४ लाख ६६ हजार थियो ।
चैतसम्म विद्युत बिक्री आयसँगै कम्पनीले अन्य आम्दानी १४ हजार र ब्याज आम्दानी ९७ लाख २३ हजार गरी कुल २ करोड ८१ लाख १५ हजार रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा १२.६९ प्रतिशतले कम हो । यस्तै अघिल्लो आवमा कम्पनील्े ९५लाख ६६ हजार बीमा दाबी वापत आम्दानी गरेको थियो ।
चुक्ता पुँजी १ अर्ब ६५ करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा २० करोड ४४ लाख २३ हजार ऋणात्मक छ । कम्पनीको प्रतिसेयर आम्दानी १.३३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ९८.६१ रुपैयाँ र प्रतिसेयर सम्पत्तिको मूल्य १४४.९५ रुपैयाँ छ । यस्तै मूल्य आम्दानी अनुपात ११५.३६ गुणा ऋणात्मक र तरलता अनुपात १.९३ प्रतिशत कायम भएको छ ।
चैतसम्म कम्पनीलेकर्मचारी, प्रशासविक, ब्याज खर्च र ह्रासकट्टी वापत कुल ५ करोड १२ हजार रुपैयाँ बराबरको खर्च गरेको छ । कम्पनीले हकप्रद लिलामी बिक्रीबाट सेयर प्रिमियम शीर्षकमा १८ करोड १५ लाख रुपैयाँ सञ्चित गरेको छ । कम्पनीको अल्पकालिन कर्जा १ करोड ८० लाख २९ हजार रुपैयाँ र दीर्घकालिन कर्जा ७१ करोड ५१ लाख ३४ हजार रुपैयाँ छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया