गत असार महिनामा आएको बाढीले आयोजनालाई क्षति पुर्याएपछि पाँचथर पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष (आव) को तेस्रो त्रैमाससम्ममा १२ करोड ५ लाख ८५ हजार रुपैयाँ घाटा व्यहोरेको छ ।
अघिल्लो आवको सोहि अवधिसम्म कम्पनीले ८ करोड ६० लाख ६५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत असारदेखि आयोजना बन्द रहँदा कम्पनीले विद्युत बिक्रीमार्फत कुनै पनि आम्दानी गर्न सकेको छैन । अहिले आयोजना पुनःनिर्माण तथा मर्मत कार्य भईरहेको बताइएको छ । बाढीले आयोजनाको सिभिल संरचनासहित पावर हाउस लगायत इलेक्ट्रो मेकानिकल इक्यूपमेन्ट समेतमा क्षति हुन गएकाले आगामी असार मसान्तसम्ममा आयोजना पुनःमर्मत कार्य भईसक्ने कम्पनीले जनाएको छ ।
यस त्रैमासमा आम्दानी लसको प्राप्त गरेको बीमा बापत प्राप्त भएको ८ करोड रुपैयाँलाई अन्य आम्दानीमा लेखांकन गरिएको कम्पनीले जनाएको छ । चैत मसान्तसम्म वित्तीय खर्च नै ११ करोड ९० लाख बढी भएको कम्पनीको ह्रासकट्टी ६ कराड ७४ लाख र सञ्चालन खर्च १ करोड ३५ लाख कर्मचारी खर्च ३२ लाख छ ।
चुक्ता पुँजी ९६ करोड २५ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोष १ करोड ७९ लाख रुपैयाँले ऋणात्मक छ । कम्पनीको कुल चालु सम्पत्ति २० करोड २८ लाख र कुल चालु दायित्व २६ करोड ७७ लाख रुपैयाँ छ ।
समीक्षा अवधिसम्म कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ०.१३ रुपैयाँ ऋणात्मक छ । यस्तै प्रतिसेयर नेटवर्थ ९८.१३ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २६३.२० रुपैयाँ र तरलता अनुपात ०.७६ प्रतिशत कायम भएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया