सूर्यज्योति लाईफमा खुल्यो रोजगारीको अवसर, १२ पासले पनि आवेदन दिन पाउने

0
Shares

सूर्यज्योति लाईफ इन्स्योरेन्सले विभिन्न पदमा रोजगारीको अवसर खुला गरेको छ । कम्पनीले विभिन्न शाखाका लागि शाखा प्रमुख र ट्रेनी अशिस्टेन्ट पदका कर्मचारीका लागि दरखास्त आह्वान गरेको हो ।

कम्पनीले बाग्लुङ, चितवनको पर्सा, दमक, जोमसोम, लेखनाथ र मनहरी शाखाको शाखा प्रमुखको लागि आवेदन आह्वान गरेको कम्पनीले जनाएको छ ।

आवेदन दिने उम्मेदवार कम्तिमा स्नातक तह पास गरेको शैक्षिक योग्याता हुनुपर्ने कम्पनीले जनाएको छ । यसैगरी, बीमा, बैंकिङ्ग र वित्त क्षेत्रमा कम्तिमा ३ वर्ष काम गरेको अनुभव हुनुपर्ने छ । साथै २१ वर्ष पूरा भएको र ४० वर्ष ननाघेको व्यक्तिले आवेदन दिन सक्ने जनाइएको छ ।

यस्तै, कम्पनीले भोजपूर, भोर्लेटार, भोटेवडार, भोटेचौर, चनौलि, छिन्चु, दिक्तेल, डुम्रे, जोमसोम, कालिकोट, मनाहरी र रसुवा शाखाको लागि ट्रेनी अशिस्टेन्ट माग गरेको हो । जसकालागि कम्तिमा १२ पास गरेको हुनुपर्ने छ । यो पदका लागि १८ वर्ष पूरा भएको र ३५ वर्ष ननाघेको व्यक्तिले उक्त पदका लागि आवेदन दिन सक्नेछन् ।

आवेदन दिन अन्तिम मिति बैशाख २८ गते शुक्रबार साँझ ५ बजेसम्म रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २३ बैशाख २०८१, आइतबार  १८ : १६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।