प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको साढे ३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा


प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । इन्स्योरेन्सले संस्थापक सेयरधनीहरुको नाममा रहेको ३ लाख ५५ हजार ५०० कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयरमा जो कोही व्यक्ति, संस्था वा कम्पनीले आवेदन दिन सक्ने छन् । इच्छुक लगानीकर्ताले आज जेठ ३ गतेदेखि ७ दिनभित्र आवेदन दिनु पर्ने छ ।

लगानीकर्ताले प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको केन्द्रीय कार्यालय कमलादी काठमाडौंमा निवेदन पेश गर्नु पर्ने इन्स्योरेन्सले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।