वैदेशिक रोजगारीका लागि १० महिनामै बाहिरिए ६ लाख भन्दा बढी युवा


चालु आर्थिक वर्षको दश महिनाको अवधिमा वैदेशिक रोजगारीमा जाने युवाको संख्या ६ लाखभन्दा बढी पुगिसकेको छ । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आवको साउनदेखि बैशाखसम्ममा वैदेशिक रोजगारीका लागि ६ लाख १२ हजार ७ सय ९१ जनाले अन्तिम श्रम स्वीकृति लिएका छन्।

देशमा रोजगारीको अवसर नपाएपछि दैनिक दुई हजार नागरिक वैदेशिक रोजगारीमा जान बाध्य भएका छन् । विभागका अनुसार एक महिनाको अवधि (बैशाख) मा ७० हजार ६३७ नेपाली वैदेशिक राजेगारीमा गएका छन् । जसमा ६४ हजार ११० जना पुरुष रहेका छन् भने ६ हजार ६२७ जना महिला कामदार बाहिरिएका छन् ।

वैदेशिक रोजगारीका लागी नेपालीको रोजाईमा मलेसिया र युएई परेको छ । एक महिनामा ७० हजार ६३७ जनाले श्रम स्वीकृती लिएकामा मलेसियाका लागि मात्र १६ हजार ९४९ जना नेपालीले श्रम स्वीकृती लिएका छन् ।

मलेसियामा अन्य देशहरुको तुलनामा राम्रो सेपा सुविधा र पारिश्रमिक भएकोले नेपालीको रोजाइमा मलेसिया पर्ने गरेको म्यानपावर कम्पनी सञ्चालक बताउँछन् । यस्तै युएईका लागी १६ हजार ५१२ जनाले श्रम स्वीकृती लिएको विभागले जनाएको छ । मलेसिया र युएइ मात्रै ३३ हजार २६१ जनाले श्रम स्वीकृती लिएका छन् । यो कु्ल श्रम स्वीकृती लिनेको ४७ प्रतिशत हो ।

यसैगरी, कतारका लागि ११ हजार १०७ जनाले श्रमले श्रम स्वीकृती लिएका छन् भने साउदी अरेबीयाका लागि ११ हजार ६१ जनाले श्रम स्वृकिती लिएका लिएका छन् । बैशाख महिनामा कुवेतमा ३ हजार ७८७ जना नेपाली गएको विभागले जनाएको छ । यस्तै क्रोएसियामा १ हजार ८१ जना नेपाली गएका छन् भने जापानमा १ हजार २९८ जना नेपाली गएका छन् । यस्तै अष्टे«लियाका लागि २५ जना नेपाली श्रमिक बाहिरिएका छन् भने क्यानडाका लागि ९३ जनाले श्रम स्वकृती लिएका छन् ।

कुन महिनामा कति बाहिरिए ?

चालु आर्थिक वर्ष (२०८०\८१) को पहिलो महिना साउनमा ५५ हजार ५ सय ७५ नाले श्रम स्वीकृति लिएका छन् । जुन नयाँ र पुनः श्रम स्वकृतीको संख्या हो । यस्तै भदौमा ५० हजार ८८४ जनाले श्रम स्वीकृती लिँदा असोजमा ५६ हजार २३५ जनाले श्रम स्वीकृती लिएका छन् ।
विभागका अनुसार, कात्तिकमा ४३ हजार ६३३ जनाले श्रम स्पीकृती लिँदा मंसिरमा ७१ हजार २७६ जनाले श्रम स्वीकृती लिँदा पुसमा ६५ हजार ८१३ जनाले श्रम स्वीकृती लिएका छन् ।

यस्तै माघमा ६२ हजार १४७ जनाले श्रम स्वीकृति लिएका छन् भने फागुनमा ६५ हजार ६५८ जनाले श्रम स्वीकृती लिएका छन् भने चैतमा ७० हजार ९३३ जनाले श्रम स्वीकृती लिएका छन् । यता, बैशाखमा भने ७० हजार ६३७ जनाले श्रम स्वीकृती लिएका छन् ।

दक्ष कामदार बढी

विभागका अनुसार एक महिनाको अवधिमा ७० हजार ६३७ नेपाली वैदेशिक राजेगारीमा गएका छन् । सीप सिकेर ५२ हजार १७७ जना गएका छन् भने १२ हजार ६१६ जना अदक्ष कामदार बाहिरिएका छन् । सो अवधिमा ५ हजार ४२० जना अर्धदक्ष कामदार बाहिरिएका छन् । यस्तै विज्ञता हासिल गरेका र उच्च दक्ष कामदार भने न्युन मात्रामा मात्र बाहिरिएको तथ्यांकले देखाएको छ ।

विज्ञता हासिल गरेका ३५४ जना बाहिरिदा उच्च दक्ष कामदार भने ७० जना मात्रै बाहिरिएका छन् । विभागको तथ्याङ्क अनुसार हेर्दा नेपालबाट विदेशिने कामदारमध्ये एक तिहाई हाराहारिमा अदक्ष श्रमिक बाहिरिने गरेका देखिन्छ भने सामान्य सीप सिकेका दुई तिहाई हाराहारीमा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।