काठमाडौँ । सेयर बजारमा सामान्य अंकको सुधार आएको छ । बिहीबार सेयर बजार परिसुचक नेप्से २.३१ अंकले बढेर २५७४.६५ विन्दुमा पुगेको छ ।
बिहीबार कारोबारमा आएका ३५४ कम्पनीका १ करोड १२ लाख ३३ हजार ६३६ कित्ता सेयरहरू ३ अर्ब ९३ करोड ५ लाख ६० हजार रुपैयाँमा किनबेच भएका छन् ।
बुधबार नेप्से ६.३८ अंकले घटेर २५७२.३४ विन्दुमा पुग्दा ३ अर्ब ७४ करोड ८० लाख रुपैयाँ पुगेको थियो ।
कुथुली बुखुरी हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा स्नो रिभर्सको सेयर मूल्य ६.४० प्रतिशतले बढेको छ । लक्ष्मी भ्यालु फण्ड इकाई दुईको सेयर मूल्य, मेघा म्याचुअल फण्डको एकको इकाई मूल्य समान ६ प्रतिशतले बढेको छ ।
यता, आरबीबी म्याचुल फण्ड दुईको इकाई मूल्य ८.०७ प्रतिशतले घटेको बजारमा घलेम्दी हाइड्रोको सेयर मूल्य ३.३६ प्रतिशतले, माबिलुङ इनर्जीको सेयर मूल्य २.९७ प्रतिशतले घटेको छ ।
कारोबार रकमको आधारमा २२६ करोड ६ लाख ५५ हजार रुपैयाँको कारोेबार सहित शीर्षस्थानमा रहेको छ । कारोबारमा आएको इकाई संख्याको आधारमा पनि ८ लाख ९६ हजार ९८ इकाईको कारोबार सहित घलेम्दी हाइड्रो नै शीर्षस्थानमा रहेको छ । कारोबार संख्याको आधारमा १ हजार ६७५ पटकको किनबेच सहित हिमाल दोलखा हाइड्रोपावर शीर्षस्थानमा रहेको छ ।







