एनएमबि बैंकको लाभांश घोषणा


काठमाडौँ । एनएमबि बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने भएको हो ।

बैंकले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण गर्ने घोषणा गरेको हो। यसका साथै बैंकले एनएमबि अविमोच्य असञ्चिति अग्राधिकार सेयरका लागि ८।२५ प्रतिशतका दरले नगद लाभांश (कर सहित) वितरण गर्ने घोषणा भएको छ ।

असोज २१ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात उक्त दरमा लाभांश वितरण हुने छ ।

प्रकाशित मिति: २२ आश्विन २०८३, बिहिबार  १० : ३५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।