नेप्से ऋणात्मक भएपनि सानिमा बैंकको संस्थापक शेयरले उच्च कारोबार

0
Shares

शेयर बजार परिसूचक नेप्से साताको अन्तिम दिन ५.६४ अंकले ओरालो लागेर १२९१.९६ बिन्दुमा झरेको छ। परिसूचक नकारात्मक बन्दा पनि ३२ करोड बढीको सानिमा बैंकको संस्थापक शेयर कारोबारले कारोबार रकम भने बुधबारको तुलनामा करिब ४४ करोडले वृद्धि भएको छ ।

बिहीबार नेप्से १७४ कम्पनीको ३५ लाख ८५ हजार ६९५ कित्ता शेयर ९४ करोड ७३ लाख रुपैयाँ बराबरको किनबेच भयो । बुधबार ५० करोड ७९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

करोबारमा आएका १० उपसमुहहरुको सूचकमध्ये अधिकांश सूचक ओरालो लागेको छ । निर्जीवन बीमा ५०.२१ र उत्पादन तथा प्रशोधन समुहको सूचक भने ३६.०९ अंकले बढेको छ ।

जीवन बीमा समुहको सूचक सबैभन्दा धेरै ५३.८८ अंकले घटेको छ । होटल १२.१२, वाणिज्य बैंक ८.३१, माइक्रोफाइनान्स ८.१८, विकास बैंक ७.६८, हाइड्रोपावर ३.५४, फाइनान्स २.४१ र अन्यको इन्डेक्स् ०.९६ अंकले झरेको छ ।

सानिमा बैंकको संस्थापक शेयर ३२ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । शिवम् सिमेन्टस् ५ करोड, नेको इन्स्योरेन्स ४ करोड, र एनएमबी बैंक, कृषि विकास बैंक, सगरमाथा इन्स्योरेन्स र एनसीसी बैंकको ३ करोड बढीको शेयर खरिद बिक्री भयो ।

बिहीबारको बजारबाट सगरमाथा इन्स्योरेन्सको शेयरधनीहरुले सबैभन्दा धेरै नाफा कमाएका छन् । इन्स्योरेन्सका शेयरमूल्य ८.५१ प्रतिशतले बढेको छ। यसैगरि नेपाल हाइड्रो ८ प्रतिशत, हिमालय डिस्टीलरी र जानकी फाइनान्स ७ प्रतिशत, र शिबम् सिमेन्टको शेयरमूल्य ५.३८ प्रतिशतले बढेको छ ।

प्रोग्रसिभ फाइनान्सको शेयरधनीहरुले बिहीबार सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको शेयरमूल्य ९.२४ प्रतिशतले घटेको छ । मल्टिपर्पस फाइनान्सको शेयरमूल्य ७.४५ र घलेम्दी हाइड्रोको शेयरमूल्य ४ं.३१ प्रतिशतले ओरालो लागेको छ ।

सुर्योदय लघुवित्त, अरुण भ्याली हाइड्रोपावर, राधी विद्युत, कैलाश विकास बैंक, नेशनल माइक्रोफाइनान्सका शेयरधनी पनि बिहीबार गुमाउने सूचीमा परेका छन्।

निकै उतारचढाब पूर्ण रहेको साताको बजारमा आइतबार, बुधबार र बिहीबार तीन दिन सूचक ऋणात्मक रह्यो भने सोमबार र मंगलबार नेप्से सकारात्मक बनेको छ।