चीनको विद्युत उत्पादन क्षमता १४.१ प्रतिशतले वृद्धि

0
Shares

चीनको कुल स्थापित उर्जा उत्पादन क्षमता अप्रिलको अन्त्यमा ३.०१ अर्ब किलोवाट पुगेको छ । एक वर्ष अघिको तुलनामा चिनियाँ उर्जा उत्पादन क्षमता १४.१ प्रतिशतले बढेको राष्ट्रिय ऊर्जा प्रशासनको बिहीबार तथ्याङ्कले देखाएको छ ।

वायु उर्जा र सौर्य उर्जाको विकासलाई गति दिने चीनको प्रयासबीच गत महिनाको अन्त्यसम्ममा वायु उर्जा लगभग चार करोड ६० लाख किलोवाट (२०.६ प्रतिशत) र सौर्य ६ करोड ७० लाख किलोवाट (५२.४ प्रतिशत) पुगेको छ ।

जनवरी देखि अप्रिलसम्म चीनमा प्रमुख उर्जा उत्पादन उद्यमहरूले कुल १९१.२ अर्ब युआन (करिब २६.८९ अर्ब अमेरिकी डलर) को उर्जा आपूर्ति परियोजना लगानी पूरा गरे थिए । एक बर्ष पहिले लगानीमा ५.२ प्रतिशतले वृद्धि भएको थियो ।

विद्युत ग्रिड परियोजनाहरूमा चीनको लगानी चार महिनाको अवधिमा १२२.९ अर्ब युआन थियो । यो बर्षको सोही अवधिमा लगानीमा २४.९ प्रतिशतले वृद्धि भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।