एनएलजी इन्स्योरेन्स (NLG) ले हकप्रद निष्काशनका लागि शेयर दाखिल खारेजीको मिति (बुकक्लोज) तोकेको छ। कम्पनी सञ्चालक समितिको बैठकले ६० प्रतिशत हकप्रद निष्काशनका लागि माघ २७ गते सोमबार बुकक्लाज गर्ने निर्णय गरेको हो।
यसअनुसार माघ २७ गतेसम्म नेप्सेमा कारोबार भई कम्पनीको शेयर रजिष्ट्रार सिभिल क्यापिटलमा एक साताभित्र कायम हुन आएका लगानीकर्ताले मात्र हकप्रद भर्न पाउनेछन्।
इन्स्योरेन्सको गत जेठ १४ गते सम्पन्न विशेष साधारण सभाले १० बराबर ६ कित्ता अनुपात ३८ लाख ४२ हजार ४३७ दशमलव ५० कित्ता हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो।
इन्स्योरेन्सको हाल चुक्ता पूँजी ६४ करोड ४ लाख ६ हजार रुपैयाँ रहेको छ । ६० प्रतिशत हकप्रद शेयर निष्काशन पछि इन्स्योरेन्सको चुक्ता पूँजी एक अर्ब २ करोड रुपैयाँ पुग्नेछ ।
यस अघि नै इन्स्योरेन्सले लक्ष्मी क्यापिटललाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मा दिइसकेको छ । इन्स्योरेन्सले निष्काशन गर्न लागेको हकप्रदलाई क्रेडिट रेटिङ्ग एजेन्सी इक्रा नेपालले ग्रेड ३ रोटिङ्ग प्रदान गरेको छ ।
नेपाल धितोपत्र बोर्डले पुस २९ गते यस बीमा कम्पनीलाई हकप्रद निष्काशन अनुमति दिएको थियो।










प्रतिक्रिया