सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

0
Shares

नेपाली बजारमा सुनको मूल्य आइतबार फेरि बढेको छ। नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार माघ १९ गते आइतबार सुन प्रतितोला ५०० रुपैयाँ र चाँदी ५ रुपैयाँले बढेको हो।

आइतबारका लागि छापावाल सुन प्रतितोला ७६ हजार ५०० रुपैयाँ र तेजावी सुन ७६ हजार २०० रुपैयाँ तोकिएको छ। यस्तै चाँदी तोलामा ५ रुपैयाँले वृद्धी भई प्रतितोला ८९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। शुक्रबार छापावाल सुन प्रतितोला ७६ हजार रुपैयाँ र तेजावी सुन ७७ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

सुनको मूल्यमा पुसदेखि मूल्यमा निरन्तर घटबढ भइरहेको छ। यसअघि पुस २३ गते बुधबार सुनको ऐतिहासिक मूल्यमा (७६ हजार ५०० रुपैयाँ) कारोबार भएको थियो।

प्रकाशित मिति: १९ माघ २०७६, आइतबार  ११ : ४० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।