शहीद स्मारक ‘ए’ डिभिजन लिगमा हिमालयन शेर्पालाई हराउँदै सङ्कटा विजयी

0
Shares

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा सङ्कटा क्लबले हिमालयन शेर्पा क्लबलाई पराजित गरेको छ ।

दशरथ रङ्गशालामा भएको खेलमा सङ्कटाले हिमायन शेर्पालाई १–० गोलअन्तरले पराजित गरेको हो । सङ्कटाले १० खेलमा १५ अङ्क जोडेको छ।

अजयी मार्टिन्सले सङ्कटाका लागि निर्णायक गोल गरे । उनले खेलको २१औं मिनेटमा क्षितिज राज जिटीको पासमा गरेको एक गोल नै सङ्कटाका लागि निर्णायक गोल सावित भयो। जितसँगै सङ्कटा छैठौं स्थानमा उक्ललिएको छ । समान १० खेल पूरा गरेको हिमालयन शेर्पा सात अङ्कका साथ अङ्क तालिकाको बाह्रौं स्थानमा छ ।

प्रकाशित मिति: १९ माघ २०७६, आइतबार  १५ : २३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।