वित्तीय समावेशीकरण गर्न राष्ट्र बैंकका १३ नीति

0
Shares

नेपाल राष्ट्र बैंकले वित्तीय समावेशीकरण गर्न १३ वटा नीति अघि सारेको छ ।

राष्ट्र बैंकले समावेशी वित्तीय पहुँचको विस्तार गर्नुपर्ने, वित्तीय साक्षरता बढाउनुपर्ने, वित्तीय शिक्षा बढाउनुपर्ने, वित्तीय ग्राहकको संरक्षण गर्नुपर्ने, डिजिटल प्रविधिमा नवप्रवर्तन ल्याउनुपर्ने, लघु साना तथा मझौला उद्योग–व्यवसायलाई प्रवद्र्धन गर्ने, लैंगिक तथा वातावरणमैत्री बैंकिङ प्रवद्र्धनलाई ध्यान दिनुपर्ने रहेको छ ।

त्यस्तै, दिगो र फराकिलो आर्थिक विकास, वित्तीय पूर्वाधारको विकास बढाउनुपर्ने, वित्तीय आचारणसम्बन्धी नियामकीय भूमिका खेल्नुपर्ने, साझेदारी र सहकार्य गर्नुपर्ने, तथ्यांक संकलन, विश्लेषण तथा मूल्यांकन गर्नुपर्ने, आवधिक सर्वेक्षण र मापन हुनुपर्ने नीति अघि सारेको छ ।

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।