मेटलाइफको नयाँ एजेन्सी कार्यालय सुर्खेतमा

0
Shares

मेटलाइफ (MALIC) ले यो साता कर्णाली प्रदेश अन्तर्गत सुर्खेतको वीरेन्द्रनगरमा नयाँ एजेन्सी कार्यालय खोली आफ्नो संचालन विस्तार गरेको छ ।

कम्पनीका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मल काजी श्रेष्ठले अन्य स्थानीय कर्मचारीहरुको उपस्थितिमा कार्यालयहरुको उत्घाटन गरे । यो थप नयाँ कार्यालय पछि मेटलाइफको नेपालमा कुल ३२ वटा कार्यालय पुग्ने भएको छ ।

यसरी भएको विस्तारले कर्णालीको सुर्खेत क्षेत्रमा रहेका कम्पनीका ग्राहकहरुलाई थप सुबिधा तथा सहजता प्रदान गर्न सहयोग मिल्ने कम्पनीले विश्वास लिएको छ।

यस कार्यालयले ग्राहकहरुलाई बीमा शुल्क तथा आवेदन संकलन, बीमालेख हस्तान्तरण तथा बीमालेख परिवर्तन र पुनस्र्थापना, ग्राहकको जिज्ञासा अनुरोधहरु बुझ्ने तथा अन्य कागजपत्रहरुको पर्याप्तता हेर्ने जस्ता सेवाहरु प्रदान गर्ने मेटलाइफले जनाएको छ