सर्पोट माइक्रोफाइनान्सको नाफा २० लाख


सर्र्र्पोेट माइक्रोफाइनान्सको वित्तीय अवस्था सकारात्मक भएको छ । माइक्रोफाइनान्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २० लाख ७० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

गत आवको सोही अवधिमा ऋणात्मक भएको माइक्रोफाइनान्सको खुद नाफा चालु आवमा सकारात्मक भएको हो । गत आवको चैत मसान्तमा माइक्रोफाइनान्स १९ लाख ९५ हजार रुपैयाँले नोक्सानीमा थियो ।

हाल चुक्ता पूँजी ६ करोड रुपैयाँ भएको माइक्रोफाइनान्सको जगेडा कोषमा ५५ लाख २४ हजार रुपैयाँ सञ्चित छ ।
चैत मसान्तसम्मा ११ करोड ८५ लाख रुपैयाँ निक्षेप संकलन गरेको माइक्रोफाइनान्सले ३९ करोड ६४ लाख रुपैयाँ ऋण गरेर ५४ करोड १७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

यस अवधिमा माइक्रोफाइनान्सले दुई करोड १८ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । गत वर्षको यसै अवधिको तुलनामा माइक्रोफाइनान्सको खुद ब्याज आम्दानी ४० प्रतिशतले बढेको हो । गत वर्ष माइक्रोफाइनान्सले एक करोड ६७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

माइक्रोफाइनान्सको निष्कृय कर्जा अनुपात २.८६ प्रतिशत छ । माइक्रोफाइनान्सको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ६० पैसा छ भने प्रतिशेयर नेटवर्थ १०९ रुपैयाँ २१ पैसा छ । मूल्य आम्दानी अनुपात १२८ .२४ गुणा छ ।