प्रुडेन्सियल इन्स्योरेन्सको हकप्रद शेयर निष्कासनको लागि बुकक्लोज निर्धारण

0
Shares

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी (PICL) ले चुक्ता पूँजीको ६० प्रतिशत हकप्रद शेयर निष्काशन गर्नको लागि शेयर दाखिला खारेजी (बुकक्लोज) मिति निर्धारण गरेको छ ।

कम्पनी सञ्चालक समितिको आइतबार सम्पन्न बैठकले माघ २७ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । यसअनुसार माघ २६ गते आइतबारसम्म कायम शेयरधनीले मात्र हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्।

इन्स्योरेन्सले १० बराबर ६ कित्ता शेयर अनुपातमा एक सय रुपैयाँ अंकित दरमा ३८ करोड ४९ लाख रुपैयाँ बराबरको ३८ लाख ४९ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो।

इन्स्योरेन्सको सत्रौं वार्षिक साधारण सभाबाट पारित भएको हकप्रद निष्काशनको प्रस्ताव उपर नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट पुस २९ गते स्वीकृती पाएको थियो।

उक्त हकप्रद शेयरपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब २ करोड रुपैयाँ पुग्नेछ । उक्त हकप्रदमा एनएमबी क्यापिटल हकप्रद निष्काशन तथा बिक्री प्रबन्धक रहेको छ ।