प्रभु बैंकका ग्राहक तथा कर्मचारीले युनाइटेड रेफरेन्स ल्याबोरेटरीको सेवाशुल्कमा विशेष छुट पाउने


प्रभु बैंक लिमिटेड र पोखरास्थिति युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्राली (युआरएल)बीच स्वास्थ्य प्रयोगशालाबाट प्रदान गरिने ल्याव सेवाशुल्कमा छुट प्रदान गर्ने सम्झौता भएको छ । उक्त समझदारी पत्रमा युनाइटेड रेफरेन्स ल्याबोरेटरीका तर्फबाट अध्यक्ष ठाकुरप्रसाद पन्थ र बैंकको तर्फबाट म्यानेजर गणेश सुवेदीले हस्ताक्षर गरेका छन् ।

उक्त समारोहमा प्रभु बैंकका सह–सम्बन्ध प्रबन्धकहरु प्रकाश पौडेल, शर्मिला भण्डारी, युनाइटेड रेफरेन्स ल्याबोरेटरीका प्रबन्ध निर्देशक गणेश कोइराला, शुशिल थापालगायतको उपस्थिती रहेको थियो ।

सम्झौता अनुसार थाइराइड, क्यान्सर, मधुमेह, मृगौला, कलेजो, मुटु, पेट, छाती, नशा, हाडजोर्नी, भिटामिन लगायतका युआरएलद्धारा परिक्षण गरिने सम्पूर्ण ल्याव सेवाशुल्कमा प्रभु बैंकका ग्राहक र कर्मचारीलाई बिशेष छुट प्रदान गरिनेछ । उक्त सम्झौताअनुसार ल्याब परिक्षणको सेवाशुल्कमा प्रभु बैंकका ग्राहकहरुलाई २० प्रतिशत र बैंक कर्मचारीलाई २५ प्रतिशत विशेष छुट प्राप्त गर्न सक्नेछन ।

गण्डकी प्रदेशको पहिलो र लोकप्रिय एवं आइएसओ २०१५ प्रमाणित युनाइटेड रेफरेन्स ल्याबोरेटरीले सञ्चालन गरेका मुख्य कार्यालय सभागृह चोक, कास्की हस्पिटलचोक, महेन्द्रपुल, मियापाटन, बाटुलेचौर, चाउथे, बिरौटा, लेकसाइड, शिशुवा, तनहँुको दुलेगौडा, शुक्लागण्डकी, दमौली, लम्जुङको बेशीशहर, स्याङजाको पुतलीबजार, वालिङ लगायत १८ भन्दा बढी ल्याबहरुमा उक्त छुट प्राप्त गर्न सकिनेछ ।

त्यस्तै प्रभु बैंकले नेपालभर रहेका आफ्ना ३०२ शाखा कार्यालयहरु, २८५ एटीएम साथै ७० भन्दा बढि एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रवाह गरिरहेको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।