पन्ध्र अर्बको विकास ऋणपत्र नेप्सेमा सूचीकृत

0
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल राष्ट्र बैंकले विभिन्न मितिमा निष्काशन गरेका पन्ध्र अर्ब रुपैयाँको दुई ओटा विकास ऋणपत्रहरु सूचीकृत भएको छ ।

सरकारको तर्फबाट राष्ट्र बैंकले निष्कासन गरेका ५ अर्बको विकास ऋणपत्र ‘एनपीडीबी ०८०३२०८९ (२०८९०३) र १० अर्बको ‘एनपीडीबी ०६०५२०८७ (२०८७०५) नेप्सेमा सूचीकृत भएका हुन् ।

एनपीडीबी ०८०३२०८९ नामक ऋणपत्रको वार्षिक ब्याजदर ५.३९ प्रतिशत छ । २०८१ बैंशाख २० गतेसम्म निष्कासन भएका विकास ऋणपत्रहरु नेप्सेमा सूचीकृत भएका हुन । यस ऋणपत्रको भुक्तानी मिति २०८९ बैशाख २० गते रहेको छ ।

एनपीडीबी ०६०५२०८७ नामक ऋणपत्रको वार्षिक ब्याजदर ५.१७ प्रतिशत छ । २०८१ जेठ ७ गतेसम्म निष्कासन भएका विकास ऋणपत्रहरु नेप्सेमा सूचीकृत भएका हुन । यस ऋणपत्रको भुक्तानी मिति २०८७ जेठ ७ गते रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।