नयाँ नेपाल लघुवित्तको शेयर कारोबार रोकियो

0
Shares

नयाँ नेपाल लघुवित्त वित्तीय संस्था (NNLB) को नेप्सेमा मंगलबारदेखि कारोबार रोक्का भएको छ । सारथी लघुवित्तसँग मर्जरमा जाने सम्झौता गरेपछि लघुवित्तको कारोबार रोक्का भएको थियो ।

नयाँ नेपालको चुक्ता पूँजी १० करोड ८ लाख रुपैयाँ छ। संस्थाले पुस मसान्तसम्म १ करोड ३२ लाख खुद नाफा कमाएर प्रतिशेयर आम्दानी २६.३२ रुपैयाँ कायम गरेको छ ।

सारथी लघुवित्तको पुस मसान्तसम्ममा चुक्ता पूँजी ११ करोड ४ लाख २५ हजार रुपैयाँ छ । सारथीले आइपिओ जारी गरेको छैन् ।

अघिल्लो दुईदिन नयाँ नेपाल लघुवित्तको नेप्सेमा शेयर मूल्य उच्चदरले बढेको थियो ।

उच्च मूल्यमा शेयर किनेका लगानीकर्ताको सम्पत्ति अब लामो समय बन्धक बन्ने भएको छ । मर्जर प्रकृया सम्पन्न भएर कारोबार खुल्न कम्तिमा पनि ६ महिना लाग्ने भएकाले सो समयसम्म अब लगानीकर्ताले लघुवित्तको शेयर कारोबार गर्न पाउँदैनन्।