सेन्ट्रल फाइनान्सले ५ करोड ७६ लाख रुपैयाँ लाभांश बाँड्ने

0
Shares

सेन्ट्रल फाइनान्स (CFCL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई चुक्ता पूँजीको ७ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

फाइनान्सले ५ करोड ७६ लाख ३७ हजार ८५० रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदनका लागि २३ औं वार्षिक साधारण सभा आह्वान गरेको छ।

लाभांश वितरण गर्ने मुख्य प्रस्ताव सहित फाइनान्सले फागुन १६ गते नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेलमा बिहान ११ बजे सभा बोलाएको हो।

फाइनान्सले लाभांश वितरण र साधारण सभा प्रयोजनको लागि माघ २८ गते बुकक्लोज गर्ने मिति तोकेको छ । यसअनुसार माघ २७ गते सोमबारसम्म कायम शेयरधनीहरुले मात्र फाइनान्सको लाभांश पाउनेछन्।

साधारण सभामा नियमनकारी निकायबाट नियमावली संशोधन गर्न कुनै निर्देशन आएमा उक्त कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, लेखापरीक्षक नियुक्ती र पारिश्रमिक निर्धारण, तथा नाफा नोक्सान हिसाब सहित वार्षिक प्रतिवेदन पारित गर्ने प्रस्ताव रहेका छन्।