बिओकेएलको लिलामीको शेयरमा आवेदन गर्ने अन्तिम दिन, न्यूनतम मूल्य १६० रुपैयाँ

0
Shares

बैंक अफ काठमाण्डू (BOKL) ले लिलामीमा राखेको ३ लाख ७० हजार ३५६ कित्ता संस्थापक शेयरमा आवेदन गर्ने आज अन्तिम दिन हो ।

बैंकका संस्थापक शेयरधनी शक्तिकुमार गोल्याणले आफ्नो नाममा रहेको सो परिमाणको शेयर बिक्री गर्न लागेका हुन् ।

बैंकले यस अघि पनि शेयर बिक्रीका लागि आवेदन माग गरेकोमा कुनै पनि संस्थापक शेयरधनीबाट आवेदन नपरेपछि पुनः अन्य व्यक्ती तथा संस्थाले समेत आवेदन दिन पाउनेगरी शेयर बिक्री खुला गरेको हो ।

बैंकको संस्थापक शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १६० रुपैयाँ तोकिएको छ । लिलामीको शेयरमा बैंकका संस्थापक शेयरधनी, व्यक्ति तथा संगठित संस्थाले माघ २२ गतेभित्र आवेदन दिनुपर्नेछ । बैंकको संस्थापक शेयरको बिक्री प्रवन्धकमा एनएमबि क्यापिटल रहेको छ।

इच्छुक लगानीकर्ताले न्यूनतम एक हजार कित्ता तथा दश अंकको गुणांकमा आवेदन गर्न पाउनेछन् । संस्थापक सेयरधनीले नेपाल राष्ट्र बैंकबाट तोकिएको फिट एन्ड प्रोपर टेस्टक, कर्जा सूचना केन्द्रबाट कालो सूचिमा नपरेको प्रमाणित कागजात, आयस्रोत, कर चुक्ता प्रमाणपत्र र प्यान नम्बर बुझाउनुपर्नेछ ।

प्राप्त शिलबन्दी बोलपत्रहरु माघ २३ गते बिहीबार एनएमबि क्यापिटलको कार्यालयमा खुलिने बिक्री प्रबन्धकले जनाएको छ ।