प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको साढे ४ लाख कित्ता संस्थापक सेयर बिक्रीमा


प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । इन्स्योरेन्सले संस्थापक सेयरधनीहरुको नाममा रहेको ४ लाख २३ हजार ७२५ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयरमा जो कोही व्यक्ति, संस्था वा कम्पनीले आवेदन दिन सक्ने छन् । कम्पनीले यसअघि संस्थापक सेयरधनीलाई सेयर बिक्री गर्ने सूचना जारी गरेको थियो । संस्थापक सेयरधनीबाट ३५ दिनभित्र आवेदन नपरेकोले उक्त सेयर अन्य व्यक्तिलाई बिक्री गर्न लागिएको कम्पनीले जनाएको छ ।

इच्छुक लगानीकर्ताले आज असार ६ गतेदेखि ७ दिनभित्र आवेदन दिनु पर्ने छ । लगानीकर्ताले प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको केन्द्रीय कार्यालय कमलादी काठमाडौंमा निवेदन पेश गर्नु पर्ने इन्स्योरेन्सले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।