पेट्रोलियम पदार्थको आयात: डिजेल आयात ८ अर्बले घट्दा पेट्रोलमा साढे १ अर्ब गिरावट, ग्यास आयात बढ्यो

0
Shares

पेट्रोलियम पदार्थ (डिजेल र पेट्रोल) को आयात घट्न थालेको छ ।

चालु आर्थिक वर्ष (२०८०/८१) को एघार महिनामा १ खर्ब २९ अर्ब २० करोड २८ लाख ९३ हजार रुपैयाँको डिजेल आयात भएको छ । जुन गत आर्थिक वर्षको सोही महिनाको अवधिमा ८ अर्ब ३९ करोड ९७ लाख ८४ हजार रुपैयाँले कम हो। गत आर्थिक वर्ष (२०७९/८०) मा १ खर्ब ३७ अर्ब ६० करोड २६ लाख ७७ हजार रुपैयाँ बराबरको डिजेल आयात भएको थियो ।

चालु आर्थिक वर्षको एघार महिना (साउन-जेठ) सम्म ११२ लाख ५ हजार २७ किलोलिटर डिजेल आयात भएको छ । जुन गत आवको सोही अवधिको भन्दा २४ हजार ७२९ किलोलिटरले कम हो । गत आर्थिक वर्ष १२ लाख २६ हजार २९८ किलो लिटर डिजेल आयात भएको थियो ।

यस्तै चालु आवमा पेट्रोलको आयात मूल्य पनि घटेको छ । चालु आवमा पेट्रोल आयात १ अर्ब ४८ करोड ८४ लाख ४९१ रुपैयाँले कमी आएको छ । चालु आवमा ६२ अर्ब ८७ करोड ७३ लाख ३५ हजार रुपैयाँ बराबरको ६ लाख ३० हजार ६३ किलो लिटर पेट्रोल आयात हुँदा गत आवमा ६१ अर्ब ३८ करोड ८८ लाख ४४ हजार रुपैयाँ बराबरको ६ लाख २१ हजार १२७ किलोलिटर पेट्रोल आयात भएको थियो।

यस्तै, चालु आवको खाना पकाउने एलपी ग्यासको आयात मूल्य भने बढेको छ । चालु आवमा ५१ अर्ब ७ करोड २६ लाख ७९ हजार रुपैयाँ बराबरको ४८ करोड १६ लाख २५ हजार २५८ केजी एलपी ग्यास आयात भएको छ । गत आवमा ५४ अर्ब ३२ करोड ९७ लाख ७१ हजार रुपैयाँको ४७ करोड ४० लाख ५७ हजार १८ केजी एलपी ग्यास आयात भएको थियो ।

यता, हवाई इन्धनको आयात मूल्य भने बढेको भन्सार विभागले जनाएको छ । चालु आवमा १९ अर्ब ४७ करोड ४१ लाख २९ हजार रुपैयाँको १ लाख ८४ हजार ६६ किलोलिटर हवाई इन्धन आयात भएको छ । गत आवमा १८ अर्ब ९३ करोड ५२ लाख ३६ हजार रुपैयाँ बराबरको १२ लाख ४४ हजार १६१ किलो हवाइ इन्धन आयात भएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।