सिभिल बैंकले पारित गर्यो एक अर्बको लाभांश वितरण गर्ने प्रस्ताव

0
Shares

सिभिल बैंकको शुक्रबार सम्पन्न सातौं र आठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ। सभाले शेयरधनीलाई दुई आर्थिक वर्षको गरि कूल एक अर्ब ७ करोड ७२ लाख ४३ हजार ४५० रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको छ।

अमृतभोग, कालिकास्थान डिल्लीबजार, काठमाडौंमा सम्पन्न उक्त सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०७३/०७४ को मुनाफाबाट बैंकको चुक्ता पूँजीको १०.२५ प्रतिशत बोनस तथा ०.५४ प्रतिशत नगद र आर्थिक वर्ष २०७४/०७५ को मुनाफाबाट ४.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्तावलाई अनुमोदन गरेको हो।

यसअनुसार बैंकले आव २०७३/०७४ को मुनाफाबाट ७४ करोड ४० लाख ७९ हजार ३१२ रुपैयाँ बराबरको बोनस र बोनसको कर प्रयोजनका लागि तीन करोड ९१ लाख ६२ हजार ६९ रुपैयाँ नगद लाभांश वितरण गर्ने तथा आर्थिक वर्ष २०७४/०७५ को मुनाफाबाट प्रतिशेयर ४.०५ प्रतिशतका दरले २९ करोड ४० लाख २ हजार ६९ रुपैयाँ नगद लाभांश गरि समेत कूल एक अर्ब ७ करोड ७२ लाख ४३ हजार ४५० रुपैयाँ बराबरको लाभांश प्रस्ताव पारित गरेको हो।

साथै सभाले सिभिल बैंक लिमिटेड र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने÷गाभिन (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्न÷हुन वा स्वदेशी÷विदेशी रणनीतिक साझेदारीमा जान आवश्यक सहमती र सम्झौता लगायतका आवश्यक सम्पूर्ण कार्यहरु गर्न/गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियारीे प्रदान गर्ने निर्णय गरेको छ ।

साधारण सभाले बैंककोे संस्थापक शेयरधनीहरुको तर्फबाट ई.इच्छा राजतामाङ्ग, अम्बीर बोगटी, प्रतापजङ्ग पाण्डे तथा सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रकाशतायल, शम्भु प्रसादपन्त र युगेश बहादुर मल्ललाई सञ्चालक पदमा आगामी चार बर्षको लागि निर्विरोध निर्वाचित गरेको छ।